ह्वाइटहाउस इन्टरकलेज बास्केटबल शुरु

ह्वाइटहाउस इन्टरकलेज बास्केटबल शुरु


हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको आयोजनामा चैत ४ गते सोमबारदेखि प्रथम ह्वाइटहाउस इन्टरकलेज अन्डर– १८ बास्केटबल प्रतियोगिता शुरु भएको छ । कुल ८ टिमको सहभागिता रहेको लिग कम नकआउट प्रतियोगितामा राजधानीका ८ कलेजको सहभागिता रहनेछ । प्रतियोगितामा ९ कक्षादेखि प्लस टुसम्म अध्ययनरत १८ वर्षभन्दा मुनिका खेलाडीको मात्र सहभागिता रहनेछ ।

प्रतियोगिताको समूह ‘क’मा आयोजक ह्वाइटहाउस, ज्ञाननिकेतन, इन्साइट भिजन र ट्रिनिटी इन्टरनेसनल कलेज रहेका छन् । अर्को समूहमा टाइम्स इन्टरनेसनल कलेज, गोल्डेन गेट, ट्रिटन र जेभियर इन्टरनेसनल कलेज रहेका छन् । लिग चरणमा पहिलो दुई स्थान हात पार्ने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताका सबै खेल ह्वाइटहाउस वल्र्ड स्कुल कोटेश्वरको बास्केटबल कोर्टमा हुनेछन् । ह्वाइटहाउसले प्रतियोगितामार्फत सुस्ताइरहेको कलेज बास्केटबललाई पुनर्जीवित गर्ने विश्वास लिएको छ । नेपालमा यस्तो समय पनि थियो जब धेरैभन्दा धेरै कलेज लेभलका बास्केटबल हुन्थे र त्यसले धेरै दर्शकलाई मैदानमा तान्न मद्दत गथ्र्यो । शायद क्रिकेटसँगै अन्य खेल पनि लोकप्रिय हँुदै गएपछि बास्केटबल पछि पर्न गएको हो । हामीले यो प्रतियोगितामार्फत त्यो समयलाई फर्काउन चाहेका हौँ– ह्वाइटहाउसका सीईओ युवराज शर्माले बताए ।

‘यो पहिलो आयोजना हो र यसलाई हामी निरन्तरता दिँदै आगामी दिनमा अझै ठूलो बनाउन चाहन्छौँ । हामी होम एन्ड अवेको अवधारणामा अघि बढ्दै यो प्रतियोगिताको स्तरोन्नति गर्न चाहन्छौँ । आशा गर्छौं यसले नेपाली बास्केटबललाई नयाँ गति दिनेछ,’ उनले थपे, ‘हाम्रो मुख्य लक्ष्य भनेको कलेजियट बास्केटबललाई अगाडि बढाउँदै लाने हो किनभने यो घरेलु बास्केटबलको मेरुदण्ड हो ।’