साहित्यिक धावक सापकोटाले ‘प्रथम साहित्यिक सगरमाथा आरोहण’ गर्ने

साहित्यिक धावक सापकोटाले ‘प्रथम साहित्यिक सगरमाथा आरोहण’ गर्ने


कवि तथा साहित्यकार, प्रथम मेची–महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहण गर्ने भएका छन् । उनले यही चैत्र २३ गतेबाट उक्त आरोहण शुरु हुने जानकारी गराएका छन् ।

आरोहीसहित प्रथम साहित्यिक सगरमाथा आरोहण समितिले पत्रकार सम्मेलन गरेर आरोहणको बारेमा जानकारी गराएको हो । सर्वोच्च शिखर सगरमाथा आरोहणमा ५ वटासम्म विश्व कीर्तिमान बनाई पहिलो नेपाली साहित्यकारको रुपमा विश्वको ध्यानाकर्षण गराउने लक्ष्य रहेको आयोजकको दावी छ ।

आरोहणको बारेमा जानकारी गराउँदै साहित्यकार तथा धावक ‘विकल्प’ले आफु साहित्यिक ब्यानर बोकेर सगरमाथा चढ्ने पहिलो साहित्यकार बन्न गैरहेको दाबी गरे । सम्पुर्ण नेपाली साहित्यकारहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरमा उभिएर कविता वाचन गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउनेपनि उनले घोषणा गरे ।

सर्वाेच्व शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गर्दे नेपाल प्रज्ञा–प्रतिष्ठानको लोगो, गौतम बुद्धको मुर्ती, पशुपतिनाथ मन्दिरको आकृति, गीता र त्रिपिटकलाई पनि शिखरमा पु¥याउने आफ्नो लक्ष्य रहेको उनले जनाए ।

आरोहणकालागि आफू मानसिक तथा शारिरीक दुवै रुपमा तयार रहेको बताउँदै उनले आरोहणमा आर्थिक सहयोग गर्ने कम्पनीको ‘कर्पोरेट– लोगो’लाई पनि सर्वोच्च शिखरमा पु¥याउने बताए । मेची–महाकालीको माटो तथा पानी, कौडिन्य ऋषिको मुर्ति, राष्ट्रकवि र शताब्दि पुरुष सत्यमोहन जोशीद्धारा हस्ताक्षर गरेको रामायण तथा बिभिन्न ३० जति श्रष्टाहरुको फोटोपनि सगरमाथामा प्रर्दशन गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।
उनले हिमाललाई आधार बनाएर नेपाली साहित्यको विकास गर्नुपर्ने धारणा सुनाए । उनले भने,‘समुन्द्र भएका देशहरु पानी र समुन्द्रको बारेमा साहित्य सृजना गर्छन, मरुभुमि भएका देशहरु बालुवा र मरभुमिको बारेमा साहित्य कोर्छन भने हामीले हिमालको बारेमा साहित्य किन नकोर्ने ?’ आफूद्धारा लिखित पुस्तक ‘इम्जात्से हिमशिखर चुम्दा’ र महाकबि देवकोटाको मुना–मदन पनि संगै चुचुरोमा लैजाने उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सभासद रामहरि सुवेदीले नेपालमै नयाँ किर्तीमानी राख्न साहित्यको क्षेत्रमा उक्त कार्य हुने विश्वास दिलाए । उनले सगरमाथामा नेपाली साहित्यको क्षेत्रबाट पहिलो किर्तिमान रहन गैरहेकोमा शुभकामना दिँदै साहित्यको विकासमा परिश्रम गरिरहेका साहित्यकारको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै कवि तथा समालोचक तर्कना शर्माले साहित्यसँगै आफ््नो पहिचान र संस्कृतिको जोर्गना गर्न आवश्यक रहेको बताईन् । आफ्नो देशको साहित्यलाई हिमालसंग तुलना गरेर साहित्य जर्गेनामा लाग्नुपर्ने उनको भनाई छ । शर्माले साहित्यको माध्ययमबाट सगरमाथाको शिखर चुम्नपनि श्रष्टालाई शुभकामना दिईन् । त्यस्तै कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले उक्त आरोहणमा लाग्ने खर्चको केही प्रतिशत अझै उठ्न बाँकी रहेकोले आफूहरु रकम संकलनकै क्रममा रहेको सुनाए । उनले सम्पूर्ण साहित्यकारहरुको चाहनाअनुसार नै यो कार्य गर्न गैरहेको बताए ।

उनले आफूले अहिलेसम्म लेखेका अधिकांश पुस्तकहरु यात्रासम्बन्धी नै लेखेको सुनाए । उनले थपे,‘मैले अहिलेसम्म लेखेका २८ मध्ये १४ वटा पुस्तक त यात्रासम्बन्धी छन्, अब सापकोटाजीको यो साहित्यिक आरोहण सफल भएपछि नयाँ किताबपनि म लेख्छु ।’ उक्त आरोहणलाई सफल तुल्याउनको लागि सहयोग गर्न चाहनेहरुले सनराईज बैंकको धुलिखेल शाखाको खाता नम्बर ०६७०४९७३५३७०१००१ मा रकम जम्मा गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।