आठौँ राष्ट्रिय खेलकूद चैत तेस्रो साता हुने दाबी

आठौँ राष्ट्रिय खेलकूद चैत तेस्रो साता हुने दाबी


लामो समयदेखि प्रतिक्षा गरिएको आठौँ राष्ट्रिय खेलकूद यही चैतको तेस्रो साताभित्र शुरु हुने पक्का भएको जनाइएको छ । नेपालगञ्ज रङ्गशालामा पूर्वाधार निर्माणका काम लगभग सकिएको र विशिष्ट पाहुना बस्ने प्यारापिटको सामान पनि सोमबार नेपालगञ्ज पुग्ने भएकाले चैत २१ देखि २५ गतेभित्र औपचारिक शुभारम्भ हुने आठौँ राष्ट्रिय खेलकूदका प्रचार संयोजक रोहित दाहालले जानकारी दिएका हुन् ।

आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँगको छलफलमा संयोजक दाहालले यही चैत १० गतेसम्म राष्ट्रिय खेलकूद परिषद्को बैठक बसी मिति तोकिने बताए । राष्ट्रिय खेलकूदको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने योजना छ । बाँके, बर्दिया, दाङलगायतका ठाउँमा राष्ट्रिय खेल हुनेभए पनि उद्घाटन र समापनसहित अधिकांश खेल नेपालगञ्जमा हुनेछन् ।