क्रसकन्ट्रीमा दीपक र हर्क च्याम्पियन

क्रसकन्ट्रीमा दीपक र हर्क च्याम्पियन


१७औँ राष्ट्रिय एमटिबी क्रसकन्ट्री च्याम्पियनसिपमा राजीव राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन् । नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा भएको क्रस कन्ट्रीमा राजीव पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भएका हुन् ।

कुल २० किलोमिटरको ५ ल्यापमा राजीव एक घन्टा ३१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै पुरुषतर्फ च्याम्पियनको प्राविधिक संयोजक देवेन्द्र बस्न्यातले जानकारी दिए । महिलातर्पm च्याम्पियन लक्ष्मी सोही दूरी पूरा गर्न १ घन्टा ४५ मिनेट ४९ सेकेन्ड समय लगाए । कुल २६ खेलाडी सहभागी पुरुषतर्पm प्रताप थापा १ घन्टा ३१ मिनेट ३९ सेकेन्डका साथ दोस्रो हुँदा तेस्रो स्थानका सीमित ओकेश बज्रचार्यले १ घन्टा ३४ समय ०३ सेकेन्ड समय लगाए । महिलातर्फ भने सोनी गुरुङ र हुमी बुढामगरले क्रमशः दोस्रो र तेस्रो भए । सोनीले १ घन्टा ५१ मिनेट ५७ सेकेन्ड र हुमी २ घन्टा ११ मिनेट २२ सेकेन्ड समय लगाइन् ।

दोस्रो दिन भएको थप दुई विधा जुनियर पुरुषमा दीपक जिमी र मास्टर्समा हर्क लामा च्याम्पियन हुन सफल भए । चार ल्यापको १६ किलोमिटर दूरी दीपकले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा पूरा गर्दै सफलता प्राप्त गरे । सोही दूरीको मास्टर्समा भने पहिलो भएका हर्कले १ घन्टा ७ मिनेट ३५ सेकेन्ड समय लगाए ।

त्यस्तै जुनियर पुरुषमा दोस्रोका भएका सन्तोष गुरुङ १ घन्टा २२ मिनेट २० सेकेन्ड र तेस्रो स्थानमा सीमित अच्युतकृष्ण खरेल १ घन्टा २५ मिनेट ४० सेकेन्ड समयमा चार ल्यापको १६ किलोमिटर दूरी पूरा गरे । सोही दूरीकै मास्टर्समा किरणले मल्ल १ घन्टा ९ मिनेट १ सेकेन्डमा दोस्रो स्थानमा प्राप्त गर्न सफल भएका थिए ।

तेस्रो स्थानमा प्राप्त गरेका आइतासिंह तामाङले १ घन्टा १४ मिनेट १५ सेकेन्ड उक्त दूरी पूरा गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा डाउनहिल र क्रस कन्ट्री विधा भएका थिए । यसअघि पहिलो दिनको डाउनहिलमा पुरुषमा सुमन तामाङ, महिला निष्मा श्रेष्ठ र जुनियरमा नीरज श्रेष्ठ पहिलो भएका थिए ।

प्रतियोगिताका विजेतालाई पूर्वमन्त्री अम्बिका बस्नेत र संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले पुरस्कृत गरेका थिए । प्रतियोगितामा कुल ५१ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारीले जानकारी दिए ।