अर्याललाई अन्तर्राष्ट्रिय लाइन जजको मान्यता

अर्याललाई अन्तर्राष्ट्रिय लाइन जजको मान्यता


ब्याडमिन्टन एसियाका अम्पायर उदयकुमार अर्याललाई विश्व ब्याडमिन्टन महासंघले अन्तर्राष्ट्रिय लाइन जजको मान्यता प्रदान गरेको छ । अर्याललाई जनवरी १, २०१९ देखि लागू हुने गरी अन्तर्राष्ट्रिय लाइन जजको प्रमाणपत्र प्रदान गरेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

सन् २००० मा जापनको क्योटोबाट ब्याडमिन्टन एसियाको अन्तर्राष्ट्रिय अम्पायरको मान्यता पाएका नेपाल विद्युत् प्राधिकरणमा कार्यरत अर्यालले आगामी दिनमा एसियाली तथा विश्वस्तरका विभिन्न ठूला प्रतियोगिताहरूमा लाइन जजको भूमिका निर्वाह गर्न पाउनेछन् । हाल उनले एसियामा आयोजना हुने विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको मान्यता प्राप्त विभिन्न प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

यसअघि नेपालका दीपक थापाले रियो ओलम्पिकमा लाइन जजको भूमिका निर्वाह गरेका थिए ।