श्रीमतीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

श्रीमतीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतबार अमेरिका प्रस्थान गर्ने भएका छन् ।

मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेकी सीताको अमेरिकाको जोन हकिङ्स अस्पतालमा उपचार हुनेछ । उनको गत असोजमा सिंगापुरमा समेत उपचार भएको थियो । त्यसैगरी म्याग्दीको तातोपानी कुण्डमा रोग निवारणका लागि स्नान गर्न श्रीमती सीतालाई लिएर प्रचण्ड रामबहादुर थापासहित पुगेका थिए ।

आइतबार साँझ ५ः३० बजेको इत्तेहाद एयरवेजस् फ्लाइटबाट अध्यक्ष प्रचण्ड, श्रीमती सीता, नर्स अम्बिका, ज्वाइँ जीवन आचार्य अमेरिका जान लागेका हुन् ।