पर्वतको विकासका लागि आवश्यक बजेट म मिलाउँछु : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गरेका छन् । गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माणका योजनाहरु समयमै तोकिएको मापदण्ड र गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

अबका दिनहरु मुलुकको आर्थिक समृद्धि र विकास निर्माण गर्ने भएकाले चालू योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न र शुरु हुन नसकेका योजनाहरुलाई तत्काल शुरु गर्न सरोकारवालालाई आग्रह गरे । उनले साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारबाट र ठूला योजनाहरु सङ्घीय सरकारले हेर्ने भएकाले तीनै तहको समन्वय र सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताए ।

अहिलेको सरकार विगतमा जस्तो परिवर्तनशील नभएर स्थायी भएकाले पनि अबको पाँच वर्षमा मुलुकको तीव्र रुपमा विकास हुनेमा कुनै आशङ्का व्यक्त नगर्न पनि उनले आग्रह गरे । उनले अबको पाँच वर्षमा पर्वतका सबैजसो बाटाहरु कालोपत्र हुने, घरघरमा खानेपानीका धारा पुग्नेलगायत आधारभूत आवश्यकता पूर्ति भएको जिल्लाका रुपमा विकास हुने बताए ।

प्रतिक्रिया