आजको पञ्चाङ्ग एवम् राशिफल (३ चैत २०७५ आइतबार, १७ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ चैत २०७५ आइतबार, १७ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वसन्तऋतु वि.सं. २०७५ चैत्र ३ गते आइतबार तद्अनुसार सन् २०१९ मार्च १७ तारिख फाल्गुन शुक्लपक्ष एकादशी तिथि १६ः५६ पर द्वादशी तिथि पुष्य नक्षत्र अतिगण्ड योग बब करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः१४ मा भयो र सूर्यास्त साँझ १८ः१२ मा हुनेछ । भद्रा दिउँसो १६ः५६ बजेसम्म रहला । आमलकी एकादशीव्रत । शुभ समय अभिजित ११ः४८ देखि १२ः३७, अशुभ योग राहुकाल १६ः४३ देखि १८ः१३, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – भगदौड व्यस्तता रहला । खर्च भ्रमण बढ्ला । ठग विश्वासघाती आदिदेखि सचेत रहनुपर्नेछ । विवादमा नपर्नु उचित हुनेछ । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्दा विशेष सचेत रहनुपर्नेछ । विवाद आदिमा नपरी संयम र विवेकले काम गर्नु बेस हुनेछ । तथापि देखापरेको समस्याको समाधान खोज्नुहुनेछ ।

बृष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । यात्रामा सफलता मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन प्रकासणसित सम्बन्धित काम बन्नेछ । सुख–समृद्धि बढ्ला । मान महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । मान पुरस्कार मिल्ला । सुख शान्ति बढ्नेछ । पारिवारिक सुख बढ्ला । वार्तामा सफलता मिल्नेछ । भोज भतेरमा भाग लिनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

कर्कट राशि – सुख समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । अन्नधन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

सिंह राशि – खर्च बढ्ला । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । हासविलासमा पनि आकर्षण बढ्ला । समान हराउने र भुलचूक हुनसक्ने कुरामा सचेत रहनुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित होला । उत्तराद्र्धमा शुभ र भाग्यवर्द्धक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – अन्नधन बढ्ला । सुख शान्ति बढ्नेछ । आय वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवन र कार्यव्यपारको क्षेत्रमा अनुकूलता बढ्ला ।

तुला राशि – दिन शुभ र सफलतादायक रहला । यश वर्चश्व बढ्नेछ । धन पद प्रतिष्ठा बढ्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । हाकिमको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – यात्रा हुनेछ । भाग्यवर्द्धक काम बन्नेछ । धर्म–कर्ममा रुचि बढ्नेछ । सुख आनन्द बढ्ला । ख्याति फैलिनेछ । उत्तरार्द्धतिर चन्द्रमा आठौँ स्थानमा भ्रमणशील हुने हुँदा कुनै प्रकारको जोखिममा नपर्दा उचित होला ।

धनु राशि – सारीरिक र आर्थिक जोखिमको काममा सचेत रहनुपर्नेछ । कानूनलाई उपेक्षा नगर्दा उचित रहला । स्वास्थ्य र चोटपटक लाग्नसक्ने कुराप्रति सचेत रहनुपर्नेछ । अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु उचित हुनेछ । उत्तराद्र्धमा शुभता बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मकर राशि – सुख आनन्द बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । जीवनसाथीको साथ पाइनेछ । आर्थिक प्रगति होला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

कुम्भ राशि – आरोग्यता बढ्ला । आर्थिक सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्ला । विजयश्री मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । गीत–संगीतमा आकर्षण बढ्ला । आमोदप्रमोदमा रमिरहनुहुनेछ । सुख शान्ति र आनन्द बढ्ला ।

साताको राशिफल पनि हेर्नुहोस्–

साताको राशिफल (चैत २-८, २०७५, सन् २०१९ मार्च १६-२२)
https://ghatanarabichar.com/141790