न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतमा हुँदै

न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतमा हुँदै


न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन यही चैत २०–२२ गतेदेखि काठमाडौंमा हुने भएको छ । सम्मेलनमा देशभरका न्यायाधीशहरुले माग लिनेछन् भने न्यायपालिकासम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

सम्मेलनका लागि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा सम्मेलन मूल आयोजक समिति गठन गरिएको छ । न्यायपालिकाको छिटो र निष्पक्ष न्यायका लागि न्यायिक अनुगम र नीतिगत सुधारका प्रयास भइरहेको र मुद्दा व्यवस्थापन र पेशी व्यवस्थापनका कार्यलाई पनि प्रभावकारी बनाइएको जानकारी दिइएको छ ।

अदालतले पाँचवर्ष माथिका दुई हजार २०० मुद्दालाई एक हजार ६०० मा झारेको र एक वर्षमै पुराना मुद्दाहरु छिन्ने तयारी गरिरहेको उल्लेख पुराना फैसला लेखनलाई पनि छिटो गर्न निर्देशन भइरहेको सर्वोच्चका मुख्य रजिष्ट्रारले जानकारी दिएका छन् ।