पोखरेली युवतीलाई श्रृङ्खलाले दिइन् यस्तो सुझाव

पोखरेली युवतीलाई श्रृङ्खलाले दिइन् यस्तो सुझाव


  • सागर तिमल्सिना, पोखरा

मिस नेपाल–२०१८ श्रृङ्खला खतिवडाले मिस नेपालमा युवतीलाई सहभागी हुन आव्हान गरेकी छन् । मिस नेपाल युवतीहरूका प्रतिभा र क्षमता बढाउने अवसर भएको भन्दै प्रतियोगितामा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् ।

मिस नेपाल–२०१९ का लागि पोखरा अडिसनमा आएकी खतिवडाले हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसहित सबैलाई भाग लिन आव्हान गरिन् । उनले पोखरा अडिसनमा छुटेका सबैलाई काठमाडौंमा हुने अडिसनमा भाग लिन सुझाव दिइन् । उनले भनिन्, ‘सबैका लागि यो अवसर होे, अवसरको सदुपयोग गर्नुपर्दछ, पढाइसँगै क्षमता पनि बढाउनु पर्दछ ।’

बताइएअनुसार मिस नेपालमा भाग लिन उचाई ५ दशमलव ४ इन्च, कक्षा १२ पास र १९ देखि २५ वर्ष उमेर समुहको हुनु पर्दछ । आगामी वैशाखमा आयोजना हुने २५औं मिस नेपालको आयोजना हिडन ट्रेजरले गर्नेछ । कार्यक्रममा हिडन ट्रेजरका दिवाकरराज राजकर्णिकारले मिस नेपालका उत्कृष्ट विजेताहरूले अन्तर्राष्ट्रिय स्तरका पाँचवटा प्रतिष्पर्धामा भाग लिन पाउने बताए ।

मिस अर्थ २०१७ रोजिना श्रेष्ठले उचाई, पढाइ, उमेर समुह र इच्छा हुनेले प्रतियोगितामा भाग लिनुपर्ने सुझाव दिइन् । कार्यक्रममा हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पसका साहेक क्याम्पस प्रमुख प्रदिप खनालले मिस नेपाल प्रतियोगिताले युवतीहरूको क्षमता बढाउन सहयोग गर्ने जानकारी दिए ।
हिमाल कलेज अफ म्यानेजमेन्ट क्याम्पस प्रमुख हरि कार्कीको सभापतित्वमा भएका कार्यक्रममा कलेजका एमडी सुदन मुल्मी, रेशम सापकोटा, रीता गुरुङ, हिलसाइड बोडिङ स्कुलका निदेशक पिताम्बर अधिकारी, अध्यक्ष लीला पराजुली लगाएतले मिस नेपाल खतिवडा, मिस अर्थ २०१७ रोजिना श्रेष्ठ लगायतलाई क्याम्पसका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।