आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत २०७५ शनिबार, १६ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत २०७५ शनिबार, १६ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७५ चैत्र २ गते शनिबार तद्अनुसार सन् २०१९ मार्च १६ तारिख फाल्गुन शुक्लपक्ष दशमी तिथि १९ः०९ पुनर्वसु नक्षत्र शोभन योग तैतिल करण ०८ः११ पर वणि करण आन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा दिउँसो १६ः४१ बजेसम्म पछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५बजेमा भयो र सूर्यास्त साँझ १८ः१२ मा हुनेछ । शुभ समय अभिजित– ११ः४९ देखि १२ः३७, अशुभ समय राहुकाल– ९ः१३ देखि १०ः४३, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – आयस्रोत बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हासविलासमा पनि रुची बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना बढ्नुसँगै आशा उत्साह बढ्ला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । मान महत्व ऐश्वर्य बढ्ला ।

बृष राशि – अन्न धन वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – चन्द्रमा राशिमा भ्रमणशील भएको हुँदा प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ मिल्नेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मनअनुकूल कार्य बनेर मन प्रशन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ ।

कर्कट राशि – भागदौड चलिरहला । खेलकुद भ्रमणमा रुचि बढ्ला । रसरागमा आकर्षण बढ्ला । योजना र बजेट बनाई काम गर्नु हितकर होला । मिठो भोजन मिल्नेछ । आनन्द वृद्धि होला । आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दुरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । लगानी बढ्नेछ ।

सिंह राशि – चन्द्रमा लाभ स्थानमा भ्रमणशील भएको हुँदा कुनै प्रकारको आयवर्द्धक काममा लाग्नु उचित हुनेछ । शारीरिक र आर्थिक हितको कार्यमा सफलता मिल्नेछ । नियम कानुनले साथ दिनेछ । धन मान महत्व बढ्ला । लगानी उठ्नेछ । सफलता र समृद्धि प्राप्त होला ।

कन्या राशि – रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । राजकीय मान महत्व बढ्नेछ । हाकिमको सहयोग मिल्नेछ । आय स्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भजन पाउनुहुनेछ । जीवनसाथीको सहयोग मिल्नेछ । हासविलासमा रुची बढ्नेछ । ख्याती फैलिनेछ । धन सम्पत्ति बढ्नेछ ।

तुला राशि – यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रसन्न भइजानेछ ।

वृश्चिक राशि – कठोर मिहीनेतले काममा सफलता पाउनुहुनेछ । भागदौड चलिरहला । हासविलासमा रुचि बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । जोखिममा नपर्दा बेस रहला । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु राशि – धन सम्पत्ति मान महत्व बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने काम गर्नु उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । हासविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला ।

मकर राशि – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ राशि – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा–समारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । प्रेममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुखशान्ति बढ्ला ।

मीन राशि – समय शुभ भाग्यवर्द्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मनअनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याती फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भई काम गर्नु उचित हुनेछ ।