हलमा ‘जानी–नजानी’, ‘द म्यान फ्रम काठमान्डु’, र ‘पुरानो बुलेट’

हलमा ‘जानी–नजानी’, ‘द म्यान फ्रम काठमान्डु’, र ‘पुरानो बुलेट’


शुक्रबार एकैसाथ तीन नयाँ चलचित्र रिलिज भएका छन् । आज रिलिज भएका चलचित्रमा ‘जानी–नजानी’, ‘द म्यान फ्रम काठमान्डु’, र ‘पुरानो बुलेट’ रहेका छन् ।

सहायक निर्देशक भई फिल्मी क्षेत्रमा लामो समय काम गरेका वसन्त अधिकारी ‘जानी–नजानी’मा निर्देशकका रूपमा आएका छन् । अभिनेत्री रोशनी केसी निर्मात्री गरेको यो फिल्ममा त्रिकोणात्मक प्रेमकथा रहेको बताइन्छ । मनीषसुन्दर श्रेष्ठ, निरिसा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, रोशनी केसीलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।

यसैगरी फिल्म ‘द म्यान फ्रम काठमान्डु’का निर्माता नकिम उद्धिन हुन् । पेमा ढोन्डुप निर्देशक रहेको यस फिल्ममा भारतीय अभिनेता गुल्सन ग्रोभर, जोस म्यानुअल, हमिद शेख तथा नेपालका नीर शाह, कर्मा शाक्य, आना शर्मा, मिथिला शर्मालगायतको अभिनय रहेको छ ।

अर्को फिल्म ‘पुरानो बुलेट’मा भने पूर्वीनेपालको रहनसहन, जनजीवन र शैली प्रस्तुत गरिएको बताइन्छ । अनुपविक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बू मुख्य भूमिकामा रहेको यस फिल्मका निर्देशक भीषण राई हुन् । फिल्ममा एक्सन, कमेडी, लभ, सेन्टिमेन्ट, सबै खुराक समेटिएको निर्देशक भीषण बताउँछन् ।