कांग्रेस नेता डंगोललाई मातृशोक

कांग्रेस नेता डंगोललाई मातृशोक


नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थराम डंगोललाई मातृशोक परेको छ ।

नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापतिसमेत रहेका नेता डंगोलकी आमा नानीमैंजु डंगोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली कांग्रेस काठमाडौंका नेता गणेश रिजालले जानकारी दिए ।

स्व. डंगोलको शुक्रबार टेकुस्थित दोभानमा अन्त्येष्टि गरिएको छ । स्व. डंगोलका तीन छोरा र एक छोरी रहेका छन् जसमध्ये नेता डंगोल जेठो छोरा हुन् ।