तीनदेखि बेथा लागेर बच्चा जन्माउन नसकेपछि…….

तीनदेखि बेथा लागेर बच्चा जन्माउन नसकेपछि…….


हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् ।

अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले हेलिकोप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दिइन् ।
बुढालाई तीन दिनदेखि सुत्केरी बेथा लागेको भए पनि स्थानीय स्वास्थ्यचौकीले गर्भवती गराउन नसकेकाले उद्धारका लागि प्रदेश सरकारसँग बिहीबार बिहान हेलिकोप्टरको माग गरिएको बताइएको छ ।