पोखरामा बन्दका कारण यातायात ठप्प

पोखरामा बन्दका कारण यातायात ठप्प


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ ।

बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद पस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निष्क्रिय गरिएको बताए ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारीसाधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।