माइभ्याली गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

माइभ्याली गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा


हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौँ अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार ठूलो टुँडीखेलमा भएको खेलमा प्रतियोगिताको साविक विजेता थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

थ्री स्टार क्लबका कप्तान अनिल गुरुङले १३औँ मिनेटमा पहिलो गोल गरेका थिए । हिमालयन शेर्पा क्लबका विजय श्रेष्ठले १९औँ मिनेटमा गोल गरी खेललाई बराबरीमा पु¥याए ।

मध्यान्तरपछि हिमालयन शेर्पाका त्रिदेव गुरुङ तथा सुनिल खड्काले गोल गरे । खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका उल्रिस सिवे घोषित भए । उनले रु १० हजार र ट्रफी प्राप्त गरे । बिहीबार दिउँसो ३ बजे दाउफिन्स क्लब क्यामरुन र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।