आजको पञ्चाङ्ग एवम् राशिफल (३० फागुन २०७५ विहिबार, १४ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० फागुन २०७५ विहिबार, १४ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वि.सं. २०७५ फाल्गुन ३० गते विहिबार तद्अनुसार सन् २०१९ मार्च १४ तारिख फाल्गुन शुक्लपक्ष अष्टमी तिथि मृगशिरा नक्षत्र प्रीति योग ८ः५८ पर आयुष्मान योग भद्रा करण ११ः३८ पर बालब करण आनन्दादिमा मृत्यु योग चन्द्रमा दिउँसो १३ः०७ बजेसम्म बृष राशिमा पछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१७ मा भयो र सूर्यास्त साँझ १८ः११ मा हुनेछ । शुभ समय अभिजीत ११ः४९ देखि १२ः३७, अशुभ समय राहु काल- १३र४३ देखि१ ५र१२, दिशा शूल- दक्षिण ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नु हुनेछ । यात्रामा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ नयाँ संकेत देखापर्ला ।

बृष राशि – शुभ र आर्थिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । हासविलासमा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन तथापि आफन्तको सहयोग मिल्नेछ ।

मिथुन राशि – शुभ र भाग्यवर्द्धक कार्यमा मध्यम फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । धन सम्पत्ति र कार्यव्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै आय वृद्धि हुनेछ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापरेर आशा उत्साह बढ्नेछ, तर लापर्वाही नगरी काम गर्नु उचित होला । रसरागमा पनि आकर्षण बढ्ला ।

कर्कट राशि – शुभ समाचार सुन्नुहुनेछ । धन सम्पत्ति बढ्नेछ । उत्तरार्द्धभन्दा पूर्वार्द्ध हितकर रहनेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु हितकर रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । बोली र व्यवहारमा नियन्त्रण राख्नुपर्नेछ । बाटोघाटो काट्दा र सवारी साधन चलाउँदा ध्यान राख्नुपर्नेछ ।

सिंह राशि – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख–आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । साहसिक काममा सफलता मिल्नेछ । घर–परिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । धर्म–कर्ममा रुचि बढ्नेछ ।

कन्या राशि – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीत–संगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । ऐनकानूनलाई उपेक्षा नगर्नु उचित हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला । सवारी साधन चलाउँदा ध्यान राख्नुपर्नेछ ।

तुला राशि – यात्रा होला । भागदौड बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । हासविलास रुचि बढ्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

वृश्चिक राशि – धन यश मान महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । भागदौड भैरहनेछ तथापि यस अवधिभित्र कुनै प्रकारको विकासको रोकिएको काम बन्नेछ । कार्यमा सफलता मिल्नेछ । यात्रा परक कार्य बन्ला । हाकिमको साथ मिल्ला । विजयको सम्भावना देखापर्ला । खर्च पनि बढ्नेछ । साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । उत्तरार्द्धतिर जोखिमपूर्ण कार्यमा नलाग्दा बेस रहला ।

धनु राशि – पूर्वार्द्धमा जोखिमपूर्ण कार्यदेखि सचेत रहनु पर्ला, तर उत्तरार्द्ध अत्यन्तै अनुकुल हुनेछ । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धि दायक काम बन्नेछ । धर्म कर्मसित सम्बन्धित काम बन्ला । सुख–आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर राशि – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुखशान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । विवाद आदिमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कुम्भ राशि – कार्यमा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्नेछ । आशा उत्साह बढ्ला । भागदौड लागिरहला । इष्टमित्रकोे सहयोग प्राप्त होला । शैक्षिक र रचनात्मक काम बन्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु शुभ होला ।

मीन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । अनावश्यक खर्च र अनावश्यक यात्रामा नियन्त्रण आउनेछ । आयस्रोत बढ्ला । स्वाथ्यमा सुधार होला । विजयश्री मिल्नेछ । हुन त रोकिएको काम बन्ने र उधारो लगाइएको धन उठ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । सुख समृद्धि ऐश्वर्य बढ्नेछ ।