सेयरमा उचारचढाव जारी, १३ अंकले घट्यो नेप्से

सेयरमा उचारचढाव जारी, १३ अंकले घट्यो नेप्से


दुई दिन दोहोरो अंकले बढेको सेयर बजार आज दोहोरो अंकले नै घटेको छ । १३ अंकले घट्दै धितोपत्र बजार एक हजार १५० दशमलव १० बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ बिन्दुले घटेर २४४ दशमलव ७५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बुधबार कुल १७४ कम्पनीको १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोबार भए । स्टकका अनुसार आज रु. ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका दश उपसमूहमध्ये वित्त २ दशमलव ७४ बिन्दुले बढेको बजारमा अन्य उपसमूहको सेयर पनि घटेको छ । बैंकिङ १० दशमलव ५८, होटेल ४२ दशमलव ४५, विकास बैंक १७ दशमलब ६२, जलविद्युत् २१ दशमलव ०९, निर्जीवन बिमा ८९ दशमलब ०५, उत्पादन ३८ दशमलब ८१, अन्य दुई दशमलब ३९, लघुवित्त २१ दशमलब ६१ र जीवन बिमा ७३ दशमलव ५१ बिन्दुले घटेको छ ।

घटेको बजारमा युनाइटेड फाइनान्स लिमिटेड नौ दशमलब ४६, आशा लघुवित्त वित्तीय संस्था आठ दशमलव ७२, गुडविल फाइनान्स लिमिटेडका सेयरधनीले पाँच दशमलव २६ प्रतिशतले कमाएका छन् । त्यस्तै हाथवे फाइनान्स कम्पनी लिमिटेड सात दशमलब ८७, अरुण काबेली पावर लिमिटेड सात दशमलव ७७, हिमालयन डिस्ट्रिलरी पाँच दशमलव ७९ र नेशनल हाइड्रोपावरका सेयरधनीले पाँच दशमलव ४० प्रतिशतले गुमाएका छन् ।