अविरल र सुप्रिया आठौँ राष्ट्रिय खेलकुदका लागि छनोट

अविरल र सुप्रिया आठौँ राष्ट्रिय खेलकुदका लागि छनोट


नेपालगञ्जका अविरल भण्डारी र सुप्रिया रावल आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पौडीमा छनोट भएका छन् । भण्डारी २०० मिटर व्यक्तिगत मिड्ले तथा १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पार्दै आठौँ राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन् । त्यस्तै, भण्डारी १०० मिटर बटरफ्लाईमा दोस्रो र ५० मिटर फ्रिस्टायलमा तेस्रो भएका थिए । महिलातर्फ सुप्रिया रावल ५० र १०० मिटर फ्रिस्टायल, ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण हात पार्दै आठौँ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी हुन् ।

नेपालगञ्जमा फागुन २७ र २८ गते भएको प्रतियोगितामार्फत पाँचौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश पाँचबाट छनोट हुन सफल अन्य पौडी खेलाडीहरूमा खेमराज थापा, सुमन न्यौपाने, सुवेश घर्ती, रेजन विष्ट, अमित रावल, कुशल बञ्जारा, प्रतीक बडुवाल, विशेष सिंह, दिवस रेगामी, करुण शर्मा, अजय परियार रहेका छन् । यस्तै, महिलातर्फ छनोट हुन सफल अन्य खेलाडीहरूमा नम्रता कार्की, सुमी शाही, दीपा कर्ण, प्रेरणा शर्मा रहेका छन् । छनोट हुन सफल सबै खेलाडी बाँकेका हुन् ।

छनोट प्रतियोगिताको पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले उदघाटन गरेका थिए । प्रतियोगिताको उदघाटन गर्दै मन्त्री श्रीपालीले सातौँ राष्ट्रिय सम्पन्नपश्चात् अन्य क्षेत्रले पनि आठौँ गर्न दाबी गरिरहेकोमा निकै कठिनका साथ पाँच नम्बर प्रदेशमा आठौँ गर्ने निर्णय गरिएको बताए । त्यसलाई यथार्थमा उतार्ने कार्यमा अहोरात्र लागिपरेका प्रदेश ५ का प्रमुख भीम ओलीलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।