इनरुवामा खेलग्रामको शिलान्यास

इनरुवामा खेलग्रामको शिलान्यास


राष्ट्रिय खेलकुद परिषद र सुनसरीको इनरुवा नगरपालिको सहकार्यमा इनरुवा नगरपालिका– ८ मा खेलग्राम बन्ने भएको छ ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले फागुन २८ गते मंगलबार खेलग्रामको एक कार्यक्रमबीच शिलान्यास गरे । करिब १५ बिघा जग्गमा बन्ने खेलग्राममा क्रिकेट, फुटबल, कभर्डहल, पौडी पोखरीलगायतका पूर्वाधार बनाइनेछ ।

कुल लागतको ७० प्रतिशत राखेप र बाँकी ३० प्रतिशत इनरुवा नगरपालिकाको लगानी रहनेछ ।