तेस्रो विद्यालयस्तरीय डन्डिबियो सुरु

तेस्रो विद्यालयस्तरीय डन्डिबियो सुरु


राष्ट्रिय खेलकुद परिषदको आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डन्डिबियो प्रतियोगिता फागुन २९ गते बुधबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका २० टिमको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् ।

नेपाल डन्डिबियो संघको समन्वयमा हुने प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका खेलहरूले त्रिपुरेश्वरस्थित राखेप हातामा हुनेछ । फाइनल खेल चैत १ गते शुक्रबार हुनेछ ।