युरोपियन युनियनको कालोसूचीमा १५ र खैरोसूचीमा ७ देश

युरोपियन युनियनको कालोसूचीमा १५ र खैरोसूचीमा ७ देश


युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको संख्यामा वृद्धि गरेको छ ।

संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुद पनि यी देशलाई कालोसूचीमा राखिएको हो ।

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको संख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्सजस्ता भ्रष्टाचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो ।

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरोसूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआटु र डोमिनिका खैरोसूचीमा परेका हुन् ।