श्रमिक महिला दिवसमा वृद्ध आमाहरू सम्मानित

श्रमिक महिला दिवसमा वृद्ध आमाहरू सम्मानित


  • डिल्ली अम्माई, बेल्जियम

बेल्जियमको ओस्टण्डे सहरमा गरआवासीय नेपाली महिला फोरमले १०९औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आयोजना गऱ्यो । ८ मार्चको उक्त कार्यक्रममा आयोजकद्वारा ६० वर्षभन्दा बढी उमेरका आमाहरूलाई विशेष सम्मान गरिएको थियो ।

मेडम नानु थापा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न महिला दिवसमा जानकी गुरुङ, लिला शर्मा मानन्धर, सीता सापकोटा, कल्पना मगर, निर्मला बजगाईं, झुना निरौला, आङमाया लामा, अनुजा प्रधान, सावित्री गिरी, सोनु भट्टराई लगायत महिला नेतृहरूको विशेष उपस्थिति रहेको थियो भने गैरआवासीय संघका केन्द्रिय सदस्य पदम गुरुङ, रमेशराज पौडेल लगायतले पुरुष प्रतिनिधिको रुपमा उपस्थिति जनाएका थिए ।

महिला अधिकार, उत्पीडन र महिलाका समस्याहरुबारे विशेष चर्चा गरी मनाइएको ऊक्त अवसरमा नाचगानको समेत आयोजना गरिएको थियो । बेञ्जु उप्रेतीले सञ्चालन गरेको औपचारिक कार्यक्रमको अध्यक्षता महिला फोरम बेल्जियमकी संयोजक हरि भट्टराईले गरेकी थिइन् ।