मुनलाइट माविमा खाना महोत्सव

मुनलाइट माविमा खाना महोत्सव


  • पुनहरि बेलवासे, भैरहवा

मुनलाइट आवासीय माध्यमिक विद्यालय भैरहवामा एकदिने खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको अतिरिक्त कार्यक्रम अन्तर्गत विद्यालयले आयोजना गरेका विविध कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच पुरस्कार वितरण, खाना महोत्सव तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो ।

समाजसेवी, विद्यालयका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी ओमकार गौचनले विद्यालयले पठनपाठन सँगसँगै विभिन्न किसिमका अतिरिक्त कार्यक्रम गर्दा विद्यार्थीमा भएका अन्तर्निहित प्रतिभा बाहिर आउन सक्ने बताउँदै हरेक वर्ष नयाँ नयाँ योजना अनुसार विद्यालय अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कोरा किताबी ज्ञानले मात्रै विद्यार्थी सक्षम हुन नसक्ने भएकोले विद्यालयले वार्षिक कार्यतालिका अनुसार विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयका प्राचार्य राजेशराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यार्थीहरुले वर्षभरि सिकेका विज्ञानका कुराहरु प्रदर्शनी स्टलहरु राख्नुका साथै विद्यार्थीले आफैले बनाएका परिकारहरु खाना महोत्सवका स्टलमा राखिएको छ ।’

बालबालिकालाई प्रतिस्पर्धी, सबै किसिमका ज्ञान, सीप र क्षमताको विकास गराउने उद्देश्य अनुसार सांस्कृतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक टिकाराम भट्टराईले बताउनुभयो ।

उक्त कार्यक्रम विद्यालयका प्राचार्य राजेशराज जोशीको अध्यक्षता, समाजसेवी ओमकार गौचनको प्रमुख आतिथ्यता, जिल्ला शिक्षा समन्वय समिति रुपन्देहीका प्रमुख मनोज गैरेको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक टिकाराम भट्टराईको स्वागत मन्तव्य र राजन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।