चिहान खोतल्दा अर्बौंको धनराशि

चिहान खोतल्दा अर्बौंको धनराशि


भ्रष्ट व्यक्तिले भ्रष्टाचारबाट आर्जित रकम लुकाउन घरको भित्तो, बाथरुम, पसल, छत, ओछ्यान, पानीट्याङ्की जस्ता स्थान प्रयोग गर्ने गरेका कुरा त सुनिँदै आएको हो । चेन्नई (भारत)का एक व्यापारीले चाहिँ नगद लुकाउन नितान्त नयाँ स्थान रोजेर सबैलाई छक्क पारेका छन् । चेन्नईस्थित मसानस्थलको एक चिहानबाट ४ अर्ब ३३ करोड भारतीय रूपैयाँ त्यहाँको इनकम ट्याक्स डिपार्टमेन्टले बरामद गरेपछि भारतको इतिहासमै पहिलो घटना भन्दै यो प्रसङ्गले चर्चा कमाएको छ ।

उल्लिखित रकमको कर छली भएको सूचना ट्याक्स डिपार्टमेन्टलाई विश्वस्त सुत्रबाट प्राप्त भयो, तर सम्बन्धित व्यवसायीका सम्भाव्य बहत्तर स्थानमा खोजतलास गर्दा पनि रकम फेला पर्न सकेको थिएन । अन्तिम प्रयासस्वरुप अनुसन्धान टोलीले कम्पनीको मालिक सवार हुने गाडीको सिसिटिभी फुटेज मगाएर अनुसन्धान ग¥यो । नभन्दै यो उपायले करामत देखायो । गत फेब्रुअरी १९ का दिन उक्त कार चेन्नईको एक चिहानघारीमा पुगेको देखियो । यसै आधारमा खोजतलास गर्दा एक चिहानबाट उल्लिखित धनराशि तथा बहुमूल्य गरगहना फेलापरेको हो ।