प्रवासीको सहयोगमा बाढी पीडितका लागि आवास निर्माण

प्रवासीको सहयोगमा बाढी पीडितका लागि आवास निर्माण


जापानमा प्रवासी जीवन बिताईरहेका कृष्ण कार्कीको एकल सहयोगमा झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढी पीडीतहरुका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न भएको छ ।

बस्ती निमार्ण अभियानले गरेको पत्रकार सम्मेलनमार्फत योजना निर्माणसम्बन्धी जानकारी गराएको हो । आफ्नो ३४ औ जन्मदिनको अवसर पारेर पीडितको घर निर्माणमा चासो देखाएका समाजसेवी कार्कीले आफ्नो एकल लागत रु २० लाखतमा निर्माण भैरहेको उक्त योजनका बाँकि चारवटा घरको निर्माण कार्य पनि चाँडै सम्पन्न हुने अभियानको दावी छ ।

कार्यक्रममा बोल्दै योजनाका संयोजक ई.चुडामणी कार्कीले शुरुमा बास्तविक पीडितको पहिचान गर्दा समय लागेको जानकारी गराए । पीडितमध्ये असक्त तथा जेष्ठ नागरिकलाई पहिलो प्राथमिक्तामा राख्न खोज्दा स्थानीय राजनैतिक समुहको दबावका कारण दश वटै घर निर्माणमा समस्या भएको उनको गुनासो छ ।

यो वर्षको बर्षा शुरु हुनुपूर्व नै उक्त योजना सम्पन्न गर्ने अभियान रहेपनि स्थानीयहरुको अवरोध तथा दबावका कारण समय लम्बिएको पनि उनको भनाई छ । स्थानीय परिवेश अनुसारकै घर निर्माणमा लागेको जानकारी गराउँदै उनले बन्न बाँकी चार घरका बास्तविक पीडितहरुको छनौट भैसकेपछि निमार्ण कार्य शुचारु हुने पनि उनले बताए । त्यस्तै, कार्यक्रममा बोल्दै योजनाका संयोजक तथा उल्टो मोबाईक चलाएर मेची–महाकाली यात्रा सम्पन्न गरि गिनीज बुकमा नाम लेखाउन सफल चित्र कुमार कार्कीले योजना निर्माण स्थलमा बिभिन्न समस्याहरु रहेको जानकारी गराए ।

अहिले बाढीले बस्ती बगाएसंगै गाँउभरिमा एकमात्र खानेपानीको धारा रहेकाले शुद्ध पिउने पानीको अभाव देखिएको बताएका छन । उनले भन,े ‘२१ परिवारले एकमात्र शौचालयको प्रयोग गर्दे आएका छन ।’

‘बाढीबाट भौतिक सम्पत्तिको क्षति ब्यहोरेका पीडित परिवारलाई सहयोग गर्न जाँदा स्थानीयले आफ्ना आफन्तहरुलाई प्राथमिकता दिनुपर्ने दवाव दिए’ उनको भनाई छ । घर बनाउन आवश्यक कच्चा पदार्थको सहज उपलब्धता नभएको स्थानमा आफूहरुले बाँकी चार घर निर्माण सामग्रीको पनि निर्माण स्थलमा नै रहेकोे उनले बताए । बस्ती निर्माणपूर्व त्यहाँको स्थिति सोमालिया र युगाण्डाको झल्को दिने किसिमको रहेको दाताको सहयोगबाट पिडीतहरुले आफ्नो बासस्थान पाएकोमा उनले खुसी ब्यक्त गरे । स्थानीय राम गुरुङले बस्ती निर्माणपुर्व त्यहाँको अवस्था निकै नै दयनीय रहेकोे जानकारी गराए । उनले भने,‘अहिले गाँउको पुनःनिर्माणले पीडितहरुको घाउँमा मलमको काम गरेको छ ।’