काङ्ग्रेसका कोषाध्यक्षहरूलाई बन्दीपुरमा प्रशिक्षण

काङ्ग्रेसका कोषाध्यक्षहरूलाई बन्दीपुरमा प्रशिक्षण


नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्ने सुझाव दिएका छन् । पार्टीका कोषाध्यक्षहरूको राष्ट्रिय समितिको आयोजनामा शुक्रबारदेखि तनहुँको बन्दीपुरमा शुरु भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भ्रष्टाचार र अनियमितता बढ्दै गए पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको टिप्पणी गरे । सरकार असफलता तर्फ उन्मुख भएको दाबी उनको थियो ।

महामन्त्री कोइरालाले पार्टीभित्र आन्तरिक एकताको आवश्यकता रहेको उल्लेख गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार सुशासन र विश्वसनीयतामा चुकेको आरोप लगाए भने केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल जिल्ला सभापति बैकुण्ठ न्यौपानेलगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।

प्रशिक्षणमा काङ्ग्रेस नेता शोभाकर पराजुली, देवराज चालिसेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ भने प्रशिक्षण आज शनिबार समापन हुने छ ।

pic: rss