‘सरकारलाई समर्थन जारी राख्ने कि फिर्ता लिने’मा राजपा अन्योलमै

‘सरकारलाई समर्थन जारी राख्ने कि फिर्ता लिने’मा राजपा अन्योलमै


सङ्घीय सरकारले प्रदेश र स्थानीय दुवै तहको सरकारको अधिकार खोसेको आरोप राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले लगाएका छन् ।

प्रदेशस्तरीय बैठकमा भाग लिन जनकपुरधाम पुगेका उनले पत्रसञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले कानून निर्माणदेखि विकास निर्माणसम्मका कुरामा एकलौटी निर्णय गरिरहेको जिकीर गरेका हुन् ।

आफूहरुले सरकार बनाउन समर्थन गरेको न कि त्यसको पछिपछि हिँड्ने भनेर भन्ने प्रष्टोक्ति दिँदै उनले राजपाको जारी प्रदेशस्तरीय बैठक सकिएपछि सङ्घीय सरकारविरुद्ध कुन रुपमा अघि बढ्ने भनी निर्णय लिने जानकारी दिए ।

सरकारबाट समर्थन फिर्ता लिने नलिने बारे पार्टीभित्र छलफल जारी रहेको र केही दिनमै निष्कर्षमा पुग्ने पनि उनले बताए ।