शर्मा एसियन हक्की संघको सदस्यमा निर्वाचित

शर्मा एसियन हक्की संघको सदस्यमा निर्वाचित


जापानको जिफु सी सहरमा भएको एसियन हक्की महासंघको कंग्रेस तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ ।

गत शुक्रबार सम्पन्न निर्वाचनले महासंघको कार्यकारी समितिमा नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मालाई ४ वर्षे कार्यकालका लागि कार्यकारी सदस्यमा निर्विरोध निर्वाचित गरेको जापानबाट संघका सचिव रञ्जन थापाले जानकारी गराए ।

महासंघको कंग्रेसले मलेसियाका राजा अब्दुल्लाह विन सुल्तान अहमद शाहलाई महासंघको संरक्षकमा चयन गर्दै जापानका दातो फुमिओ ओगुराको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारी समितिमा चयन गरेको हो ।