तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदैन : निगम

तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदैन : निगम


पेट्रोलियम पदार्थको मूल्यवद्धि तत्काल नहुने नेपाल आयल निगमले स्पष्ट पारेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि नेपालमा भने तत्कालका लागि मूल्य वृद्धि नगर्ने निगमले स्पष्ट पारेको हो ।

इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको आएको भएपनि नेपालमा भने वृद्धि नहुने भएको हो ।

सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको निगमले जनाएको छ ।