शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुँदै

शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुँदै


नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।

लैनचौरस्थित टीटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु. ७० हजार पुरस्कार प्राप्त गर्ने संघकी अध्यक्ष सुनिता थापाले बताइन् । त्यसैगरी दोस्रो हुनेले रु. २० हजार र तेस्रो हुने खेलाडीले रु. १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हार्डकोर म्याच सवर्वधिक आकर्षक हुनेछ । फाइनल पुग्ने खेलाडीबीच हार्डक्रोम्याच हुनेछ । त्यसैगरी ट्रिपल थ्रिड, सिंगल थ्रिड, ट्रयाग टिमलगायतका म्याचहरू हुने बताइएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, एक्स हिरो, टुप्पि ग्याङ, चटानलगायतको सहभागिता हुनेछ । त्यसैगरी महिलातर्फ विलाशा, डेनिका, सोफीले प्रतिस्पर्धा गर्नेछन् । रेफ्रीमा कँुवेर केसी, प्रदीप पाण्डे, विकास खड्का रहनेछन् ।

संघले खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीसमेत सञ्चालन गरेको छ ।