किन बढे जग्गा लिने महिला, यस्तो छ कारण

किन बढे जग्गा लिने महिला, यस्तो छ कारण


मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजस्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्यामा वृद्धि भएको मनमैँजु मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयका लेखा शाखाका नायबसुब्बा शेरप्रसाद शर्माका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको संख्या वृद्धि भएको छ । अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा २५ प्रतिशत छुट हुने कानुनी प्रावधान छ ।

आर्थिक वर्ष ०७४–७५ मा महिलाको नाममा जग्गा पास गर्नेको संख्या तीन हजार ९४७, दलितका नाममा जग्गापास गर्नेको संख्या ११ र वृद्धवृद्धाको नाममा जग्गा पास गर्ने सात थियो । कार्यालयमा जग्गा नामसारी गरी प्राप्त भएबापत महिलाले रु. तीन करोड १६ लाख ७७३ राजस्व छुट पाएका छन् । त्यस्तै दलितका नाममा जग्गा पास गरेबापत रु. ६१ हजार ५५४ राजस्व छुट पाएको लेखा अधिकृत विजयप्रकाश गिरीले बताए ।