मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता नक्कली !

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता नक्कली !


मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीको नागरिकतासम्बन्धी कागजात नक्कली भएको खुलासा भएको छ । संसदीय सुनुवाई समितिमा उनको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेको थियो । संसदीय सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । साथै निर्वाचन आयोगलाई पनि नेकपा केन्द्रीय समितिको सदस्यहरुको सूची माग गरेको छ ।

समिति स्रोतका अनुसार गरेको प्रारम्भिक अध्ययनका क्रममा समिमले संवैधानिक परिषदमा पेश गरेको नागरिकता र सरकारी ढड्डामा भएको तथ्यांक मिलेन । अन्सारीले संवैधानिक परिषदमा पेश गरेको आफ्नो नागरिकताको फोटोकपीमा जन्ममिति ०३६ साल असोज २० गते र स्थायी ठेगाना काठमाडौं–९ उल्लेख गरिएको छ । ०५५ पुस २२ गते नागरिकता बनाएका उनले पेश गरेको नागरिकता पछि ‘प्रतिलिपि लिएको पाइएको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त कागजात भने फरक छ । नागरिकता बनाएको मिति सही छ । तर, समिमको जन्ममिति ०३० साल असोज २४ गते उल्लेख छ । साथै स्थायी ठेगाना काठमाडौं–१९ उल्लेख गरिएको छ ।