वरिष्ठ साहित्यकार रेग्मीको निधन

वरिष्ठ साहित्यकार रेग्मीको निधन


वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको ७८ वर्षको निधन भएको छ । विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मनुभएका रेग्मीलाई मंगलबार राति सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक निधन भएको हो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले दिएको जानकारीअनुसार डाइबेटिज र हाई ब्लडप्रेसरबाट पीडित भए पनि दिवंगत रेग्मीमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उहाँको निधन भएको हो । उहाँको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित रेग्मीका ‘नेपालमा आम सञ्चारको विकास ,२०५८’ नामक कृति प्रकाशित छन् । ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि ः दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित छन् ।