तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा दाफिन्स

तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा दाफिन्स


उत्कृष्ट प्रदर्शन गर्दै दाफिन्स एफ सी क्यामरुनले रुपन्देहीमा आयोजित तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

दाफिन्सले आज भएको खेलमा झापा ११ लाई ५–० को फराकिलो गोल अन्तरले पराजित ग¥यो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल सङ्घद्वारा बुटवलको देवीनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरमा भएको आजको खेलमा आक्रामक रुपमा प्रस्तुत भएको दाफिन्सले झापा ११ लाई स्तब्ध बनाएको हो ।

झापाका प्रशिक्षक प्रवेश कटुवालले झापाको प्रस्तुति राम्रो भए पनि जीत हुन नसक्नु दुःखद् भएको बताए । उनले खेलाडीका कमजोरी सुधार गरेर आगामी दिनमा बलियो समूह बनाउने बताए । प्रतियोगिताअन्तर्गत बिहीबारको खेल मनाङ मस्र्याङदी र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु आठ लाख ८० हजार नगदसहित कप पाउनेछ भने उपविजेताले पाँच लाख ५० हजार रूपैयाँ पाउनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउनेछन् भने विद्यागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रीले २५ र २५ हजार नगदबाट सम्मानित हुनेछन् ।