आजको पञ्चाङ्ग एवम् राशिफल (९ फागुन २०७५ विहिबार, २१ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ फागुन २०७५ विहिबार, २१ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे विरोधकृत नामक संवत्सर शिशिर ऋतु श्रीशाके १९४० नेपाल सम्वत् ११३९ वि.सं. २०७५ फाल्गुण ९ गते तद्अनुसार सन् २०१९ फरवरी २१ तारिख विहीबार फाल्गुण कृष्णपक्ष द्वितीया तिथि १७ः१४ पर तृतीया तिथि, पूर्वा फाल्गुनी नक्षत्र ७ः४४ पर उत्तरा फाल्गुनी नक्षत्र, धृति योग वणिकरण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा दिउँसो १३ः२१ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः३९ मा र सूर्यास्त १७ः५८ मा हुनेछ । अन्तराष्ट्रिय मातृभाषा दिवस । शुभ समय– अभिजित – ११ः५५ देखि १२ः४०, अशुभ समय– राहु काल – १३ः४३ देखि १५ः८ दिशा शूल– दक्षिण ।

आजको राशि फल :

मेष राशि – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आनन्द बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । पारिवारिक सुख शान्ति वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । प्रेमपथमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

वृष राशि – खेलकुद र भ्रमण कार्यमा सफलता मिल्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको साथ मिल्ला । सुख आनन्द बढ्ला । सन्तान सुख बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ ।

मिथुन राशि – सभा–समारोहमा मान पुरस्कार प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । धन मान सफलता बढ्ने यात्रा हुने सम्भावना रहनेछ । सोचिविचारी योजना बनाएर काम गरेमा अझ बढी सफलता मिल्नेछ । आर्थिक काममा लाग्नु उचित हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । ठूलो रकमको लगानी, महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर हुनेछ । लगानी उठ्नेछ । धन सम्पत्ति बढ्नेछ ।

कर्कट राशि – उन्विनति पदोन्नति हुनेछ । राजकीय कार्य बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । सुख ऐश्वर्य बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशन आदिसित सम्बन्धित काम पनि बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । मिठो भोजन खान पाइनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ ।

सिंह राशि – शुभ र भाग्यवर्द्धक काम बन्ला । धर्मकर्ममा प्रवृत्त रहनु हुनेछ । विजयश्री मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सभासमारोहमा मान पुरस्कारको प्राप्ति होला । पारिवारिक सुख शान्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नुको साथै गौरव वृद्धि हुने काम गर्नु हुनेछ ।

कन्या राशि – समय मिश्रित फलदायक रहनेछ । भागदौड भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिहीनेतको प्रतिफल मिल्नेछ । कठोर परिश्रमले सफलता प्राप्त होला । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । मनोकूलको काम बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन खान पाइनेछ । आफन्तको साथ मिल्ला । मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु उचित हुनेछ ।

तुला राशि – धनसम्पदा बढ्नेछ । भागदौड भैरहला । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अभय बढ्नेछ । रसविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनुसँगै सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । धनसम्पति बढ्नुसँगै दूरदेशबाट शुभ समाचार मिल्नेछ । आफ्नैबल विवेकले काम गर्नु शुभ हुनेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । अन्नधन वृद्धि हुनेछ । धरपरिवारको स्थिति सन्तोषजनक रहनेछ । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्ने र लगानी उठ्ने सम्भावना पनि रहनेछ । धन यश मान महत्व बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

धनु राशि – रस राग प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तान आदिको सहयोग मिल्नेछ । सुख सम्पत्ति वृद्धि हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । धनको कार्य बन्ला । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ । मान पुरस्कार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।

मकर राशि – यात्रा होला । समस्याको समाधान खोज्नु हुनेछ । मनोकूलको कार्यमा सफलता मिल्नेछ । धर्म कर्ममा प्रवृत्ति बढ्ला । यात्रामा सफलता प्राप्त होला । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ । ऐश्वर्य वृद्धि होला । साहसिक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला ।

कुम्भ राशि – सुख बढ्नेछ । पारिवारिक स्थिति आनन्ददायक रहला । हासविलासमा रुचि बढ्ला । लगानी बढ्नेछ । यात्रा आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट मिलाएर काम गर्नु उचित हुनेछ । धर्मकर्ममा प्रवृत्ति बढ्ला । रमाइला र शुभ समाचार मिल्नेछ ।

मीन राशि – रोकिएको काम बन्नेछ । मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । मान सम्मान वृद्धि होला । धनसम्पत्ति बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक काम पनि बन्नेछ । ख्याति फैलिनेछ । ऋण रोग र शत्रुबाट छुट्कारा मिल्नेछ । मान पुरस्कार भेटिएला ।