सुनको मूल्य ६ वर्षयता कै उच्च

सुनको मूल्य ६ वर्षयता कै उच्च


सुनको मूल्य आकाशीएको छ । मंगलबार प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ६३ हजार ३ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य ६ वर्षयता कै उच्च हो ।

माघ मसान्तमा प्रतितोला ६१ हजार ८ सय रुपैयाँ कारोबार भएकोमा फागुन १ मा सुनको भाउ दुई सय रुपैयाँ घटेको थियो । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ८५ रुपैयाँ पुगेको छ ।