टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


काभ्रेको नालाबाट भक्तपुरतर्फ आउँदै गरेको बा.५ख ७७ ४७ नम्बरको टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा बुधबार दिउँसो बा.४०प ५४०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर र टिपरचालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।