ग्यास व्यवसायीको धम्की– माग पूरा नगरे आन्दोलन

ग्यास व्यवसायीको धम्की– माग पूरा नगरे आन्दोलन


नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी सरकारलाई पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नगरेकोले बाध्यतावश आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उनले चर्को ब्याजदर, आधिकारिक बिक्रेतालाई व्यवस्थित तथा सुरक्षित गर्नका लागि कानुन निर्माण नहँुदा उद्योगका आधिकारिक विक्रेता र उपभोक्तालाई असर परेकोसमेत बताए । संघले नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने, एपी ग्यासको कोटा निर्धारण गर्नुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एकरूपता कायम गर्नुपर्ने, सिलिन्डर तथा ग्यास दुर्घटनाको बिमा गर्नुपर्ने र एलपी ग्यास विनियमावली २०६५ को समयानुकूल परिमार्जन गर्नुपर्ने माग राख्दै आएको छ ।