क्याम्ब्रिजलाई माफ भलिबल उपाधि

क्याम्ब्रिजलाई माफ भलिबल उपाधि


क्याम्ब्रिज पब्लिक स्कुलले दोस्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हाडीगाउँस्थित एड्भान्स स्कुलमा भएको फाइनलमा क्याम्ब्रिजले एड्भान्सलाई २५–२१, २३–२५ र २५–१३ को सेटमा पराजित गरेको हो ।

माफद्वारा आयोजित प्रतियोगितामा जगत मन्दिरले तेस्रो स्थानमा चित्त बुझायो । जगत मन्दिरले लाइसियम मोडेललाई २५–२१ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । विजेतालाई नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, माफका अध्यक्ष राजन आचार्य, एड्भान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटालगायतले पुरस्कृत गरेका थिए ।

सो अवसरमा उपाध्यक्ष मास्के र विज किड्सका प्रिन्सिपल राजेश खरेलले खेलाडीको प्रदर्शनबाट प्रभावित भएर तीन खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेका थिए । उपाध्यक्ष मास्केले क्याम्ब्रिजका नीराजन बस्नेत र एड्भान्सका सञ्जय खत्री तथा प्रिन्सिपल खरेलले एड्भान्सका अतिला शेर्पालाई नगद पुरस्कार प्रदान गरे । चारदिने प्रतियोगितामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।