तपाईंको यो साता (राशिफल, ८–१४ फागुन ०७५)

तपाईंको यो साता (राशिफल, ८–१४ फागुन ०७५)


  • ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृष
यो साता सुखद् रहनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । योजनानुसार सबै कार्य सफल हुँदै जानेछन् । शुभ कार्यको योगपनि रहेकोछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । यो साताका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सोमबारबाट आफन्तको प्रगतिमा मन रमाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । साताको अन्त्यमा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कन्या
पराक्रम बढ्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुने छन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद नै रहनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
कर्मचारीवर्गका निम्ति नयाँ अवसर जुट्ने सम्भावना छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
मन भावुक र उत्ताउलो बन्नेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । खर्चमा वृद्धि हुनेछ । आईतबार बाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु
सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । सुन्दर वैदेशिक कार्य अघी बढ्नेछ । लाभदायक यात्राको सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर
मंगल कार्यको योगछ । राजनैतिक क्षेत्रबाट सफलता र प्रसंसा पईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । यात्राका विशेष अवसर मिल्ने छन् । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ्ग कालो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । घर व्यवहारको समस्याले सताउनेछ । साताको पहिलो दिनबाट शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । वैदेशिक कार्यपनि अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ्ग कलेजी वा कालो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक क्षेत्रबाट ख्याती कमाउने योग छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । मंगल कार्यको योग छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । धार्मिक यात्राको योगपनि रहेकोछ यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ्ग कालो पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।