चार नेताको रिहाइपछि नेकपाको लुम्बिनी बन्द फिर्ता

चार नेताको रिहाइपछि नेकपाको लुम्बिनी बन्द फिर्ता


गत माघ २३ गते पक्राउ परेका पार्टीका चार नेता रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टीको लुम्बिनी ब्युरोले आव्हान गरेको फागुन ८ को लुम्बिनी बन्द कार्यक्रम फिर्ता गरिएको छ । विप्लव नेतृत्वको नेकपाका लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगले आज (७ फागुन मंगलबार) एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ताको जानकारी गराएका हुन् ।

आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै नेकपाले रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्द (लुम्बिनी बन्द)को आव्हान गरेको थियो ।

दुई साताअघि पक्राउ परेका चार नेताहरु नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज पुर्णवहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र अभियानयात्री टुकलाल पुन दश दश हजार धरौटीमा आज (मंगलबार) अर्घाखाँचीको सन्धिखर्कमा रिहा भएका छन् ।

हेर्नुहोस् वीरजंगको विज्ञप्ति-