नेपालमा भारत महोत्सव

नेपालमा भारत महोत्सव


नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले ‘नेपालमा भारत महोत्सव’ शुरु भएको छ ।

एक महीनासम्म सङ्घीय राजधानी काठमाडौंलगायत नेपालका प्रमुख शहरहरूमा आयोजना हुने उक्त महोत्सवको आज काठमाडौंमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मदेखि निर्वाणसम्मको जीवनयात्रालाई नृत्यका माध्यमबाट अभिव्यक्त गरिएको नृत्य नाटिकाबाट महोत्सव प्रारम्भ भएको हो । अहिंसाका अभियन्ता महात्मा गान्धीको १५०औँ जन्मजयन्तीको सन्दर्भसमेत यसै वर्ष परेकाले महोत्सवअन्तर्गत महीनाभर वक्तृत्वकला प्रतियोगिता, संस्कृत सम्मेलन र नृत्य नाटिकालगायत विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।

गौतमबुद्धको जीवनयात्रा नृत्य नाटिकामा भारतको प्रसिद्ध सुमित र ए समूहका कलाकार सहभागी छन् । महोत्सव उद्घाटनपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पुरीले नेपालमा जन्मेर भारतमा बुद्धत्व प्राप्त गर्नुभएका गौतमबुद्धका कारण बुद्धधर्म विश्वको एक प्रमुख धर्मका रुपमा स्थापित भएको बताउनुभयो ।

rss