एचएसबीसी बैंकको सन् २०१८ को नाफा २० अर्ब डलर

एचएसबीसी बैंकको सन् २०१८ को नाफा २० अर्ब डलर


विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मंगलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ ।

वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजुद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाइ छ । मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार तनावकै बीचमा पनि बैंकलाई प्रतिस्पर्धात्मक बनाइने प्रतिबद्धता जनाएका छन् ।

बैंकले सन् २०१८ को अक्टोबर–डिसेम्बरबीच ४ दशमलव ४ अर्ब डलर आम्दानी हुने पूर्वानुमान गरे पनि त्यसमा केही कमी भएर ३ दशमलव ३९ अर्ब डलर भएको थियो ।