अमेरिकामा गोली हानी चारको हत्या

अमेरिकामा गोली हानी चारको हत्या


अमेरिकाको मध्यभागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विवादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपराह्न भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चारजनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीहरूले थप विवरण दिन अस्वीकार गरेका छन् ।

उनीहरूले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन् । गोली हान्नेलाई नछाडिने उनीहरूको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।