पाठकमाथि अख्तियारले नै थाल्यो अनुसन्धान

पाठकमाथि अख्तियारले नै थाल्यो अनुसन्धान


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान शुरु गरेको छ । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका आयुक्त पाठकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अनुसन्धान शुरु गरेको हो ।

अदुअआले सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनका अनुसार आयोगले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो ।

पाठकमाथि नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा ७८ लाख रुपैयाँ घुस लिएको आरोप छ । पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।