करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु


करेन्ट लागेर बैतडीमा मंगलबार बिहान एक विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिए ।

बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए । प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।