पुनरकर्जाको ब्याज १ प्रतिशत घट्यो

पुनरकर्जाको ब्याज १ प्रतिशत घट्यो


बेलुका ५ बजे अर्थमन्त्रालयमा ब्यवसायीसँग ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिएर बालुवाटार फर्किएका गभर्नर डा. चिरञ्जिबी नेपालले राति नौै बजे नै मौद्रिक नीतिको समिक्षा गर्दै ब्याज दर घटाउन विभिन्न उपायहरु घोषणा गरे । उनले पुनर्कर्जा कोषको रकम बढाउँदै त्यसको ब्याज १ प्रतिशतले घटाएका छन् ।

स्प्रेड दरको परिभाषा फेरेर अगाडि बढ्ने घोषणा पनि गरेका छन् । विदेशबाट पैसा ल्याउने सीमा बढाएका छन् भने सेवा शुल्क घटाएका छन् । कुल कर्जाको २५ प्रतिशत प्रवाह हुने प्राथमिकता प्राप्त क्षेत्रको ऋणको ब्याज प्रिमियम आफैले तोक्ने घोषणासमेत गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रबैकंका गर्भनर डा.चिरन्जीवि नेपाल र नेपाल उद्योग बाणिज्य महासंघ बीच अर्थमन्त्रालयमा भएको छलफल निश्कर्षविहिन भएपछि समस्या समधानको लागि गर्भनर नेपाललाई अर्थमन्त्रीले निर्देशन दिएका थिए ।