अष्ट्रेलियन एजुकेशन फेयरबाट विद्यार्थी लाभान्वित

अष्ट्रेलियन एजुकेशन फेयरबाट विद्यार्थी लाभान्वित


लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरले काठमाडौंमा आयोजना गरेको अष्ट्रेलियन एजुकेशन फेयरमा विद्यार्थीहरूले राम्रो सहभागिता जनाएका छन् । शंकरदेव कलेजसँगै रहेको माधवी टावरमा फ्रेबुअरी १७ र १८ का दिन फेयर आयोजना भएको थियो ।

फेयरमा अष्ट्रेलियाका १० भन्दा बढी कलेज एवम् युनिभर्सिटीको सहभागिता रहेको थियो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूका लागि फेयर लाभदायक भएको दाबी आयोजकको छ । ‘एउटै छानामुनी पर्याप्त मात्रामा शिक्षासम्बन्धी विविध जानकारी दिइएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका निर्देशक सुनिल उप्रेतीले बताऐ ।

अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको सो संस्थाले काठमाडौं, हेटौँडा, पोखरा, चितवन, झापालगायत शहरहरूबाट विद्यार्थीलाई शिक्षासम्बन्धी सेवा प्रदान गरिरहेको छ । फेयरबाट अष्ट्रेलियाको शिक्षा नीति र समग्र अवस्थाको बारेमा राम्रो जानकारी मिलेको फेयरमा सहभागी विद्यार्थीहरूको प्रतिक्रिया थियो ।

फेयरमा सहभागिता जनाउने विद्यार्थीका लागि कर्नरले विभिन्न सुविधाहरू प्रदान गरेको थियो । फेयरमा सहभागी हुनासाथ हरेक विद्यार्थीलाई २०० रूपैयाँको सिम कार्ड प्रदान गरिएको थियो भने अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीलाईलाई १० हजारसम्मको छात्रवृत्ति उपलब्ध गराइने सम्बद्धपक्षको भनाई छ । साथमा ‘लक्की ड्र’मार्फत विभिन्न पुरस्कार पनि प्रदान गरिएको थियो ।

‘फेयरमा आउने विद्यार्थीहरूलाई हामीले आफ्ना डकुमेण्ड साथमा ल्याउन अनुरोध गरेका थियौँ, केही कलेज र युनिभर्सिटीहरूले अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थीलाई तुरून्त अफर लेटर पनि दिएका थिए’, उप्रेतीले जानकारी दिए । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने तीन सय नेपाली विद्यार्थीको फेयरमा सहभागिता रहेको पनि उनले बताए ।