भेनेजुएलाको सीमानजिकै यूएस वाायुसेनाको विमान अवतरण

भेनेजुएलाको सीमानजिकै यूएस वाायुसेनाको विमान अवतरण


निकोलस मादुरोका कारण भेनेजुएलामा उत्पन्न मानवीय संकटप्रति संयुक्त राज्य अमेरिका थप गम्भीर बनेको छ । भेनेजुलिएन नागरिकले खाना, पानी र बालकहरूले दूधसमेत नपाउने स्थिति भएपछि हिजो शनिबार अमेरिकाले मानवीय सहयोगका सामग्रीसहित छिमेकी राष्ट्र कोलम्बियामा यूएस एयरफोर्सको विमान उतारेको छ ।

कमिलो दासा अन्तर्राष्ट्रिय विमानस्थल कुकुतामा अमेरिकी वायुसेनाको विमान अवतरण भएपछि भेनेजुलिएन नागरिकमा आशाको सञ्चार पैदा भएको जानकारी कोलम्बियास्थित हाम्रा सहयोगी छत्र मैनालीले गराएका छन् । तर, अन्तर्राष्ट्रिय क्षेत्रमा भने विमान अवतरणपछि जिज्ञाशा बढेको छ । भेनेजुएलाको सीमानजिकै अमेरिकन विमान आइपुगेपछि मादुरोमा छटपटी बढेको महसुस गर्न थालिएको छ ।